‘फर्की आउ मेरो हजुर’ सार्वजनिक

किशन अर्याल
किशन अर्याल
Read Time = 1 min

काठमाडौं । युएइमा बस्दै आएका मोडल निशान थापा म्यूजिक भिडियो मोडलिङमा सक्रिय रहदै आएका छन् । नेपाल आएको समयमा होस् या यूएईमै उनि बेला बेला म्यूजिक भिडियोमा देखा परिरहेका हुन्छन् ।

कलाक्षेत्रमा सानै देखि रुचि भएका थापाको नयाँ म्यूजिक भिडियो 'फर्की आउ मेरो हजुर' सार्वजनिक भएको छ । गीतकार प्रमिला बस्नेतको शब्द, चर्चित गायीका रचना रिमालको आवाज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतका संगीतकार बिकाश चौधरी हुन् ।

दयाराम घिमिरेको निर्देशन रहेको म्यूजिक भिडियोमा यूएइ र नेपालमा छायांकन गरिएको छ । गीतमा थापासंगै चर्चित कलाकार निशा पाख्रिन र बालकलाकार हार्दिकता घिमिरेकाे अभिनय रहेकाे छ ।

ADVERTISEMENT

बालबच्चा, बृद्ध आमाबुवा र श्रीमतीलाइ छोडि परदेशिएका युवाको कथालाई मर्मस्पर्सी ढंगले गीतमा प्रस्तुत गरिएको छ ।

https://www.youtube.com/watch?v=Z4du3pdJJss

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *