अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन्।

३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार साँझ मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।

उनी घरको छिडीमा पासो लगाएको अवस्थामा मृत भेटिएका थिए। आमा–बुवा बाहिर पार्टीमा गएका बेला उनी मृत फेला परेका हुन्।

ADVERTISEMENT

सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए ।

सारुको शवलाई पोष्टमार्टमका लागि राती नै टिचिङ अस्पताल महारानगञ्ज लगिएको बताइएको छ । उनले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’, ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका छन् । उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *