‘मिस नेपाल नर्थ अमेरिका-२०२३’ को ग्राण्ड फिनाले जुलाई २२ मा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

न्यूयोर्क । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका-२०२३’ को ग्राण्ड फिनाले जुलाई २२ मा न्यूयोर्कको मेलरोज बलरुम हुने भएको छ । ‘नेपाली महिलाहरूलाई सशक्तीकरण’ भन्ने मूल नारा दिइएको प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सलले गरेको हो । मिस नेपाल नर्थ अमेरिकाले नेपाली महिलालाई आफ्नो नेपाली भेषभूषा मौलिक कला संस्कृतिको साथै आफ्नो सामाजिक दायित्व साकार पार्न, आत्मसम्मान बढाउन र रोल मोडल बन्न उपयुक्त अवसर प्रदान गर्दै आएको छ ।

प्रतियोगिताको अन्तिम चरणको प्रतिस्प्रर्धामा आयुष समाल, चाँदनी जोशी, इशा सुवेदी, गृष्मा गौतम, झरना लुइँटेल, जुब्ली शेर्पा, खुश्बु मण्डल, मणिकला गुरुङ, मेजिना महर्जन, रचना पोखरेल, रजिला बास्तोला, रिना श्रेष्ठ, सदीक्षा कार्की, संस्कृति लम्साल, सृष्टि राई, स्मृति श्रेष्ठ, स्नेहा वन र शुभेच्छा कार्की रहनुभएको छ ।

ADVERTISEMENT

अन्तिम प्रतिस्पर्धामा हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, मिस अर्थ २०२० सुप्रिया श्रेष्ठ, अभिनेत्री प्रियंका कार्की, अभिनेत्री मिरुना मगर, मिस नेपाल वल्र्ड-२०१० सदीक्षा श्रेष्ठ, मिस नेपाल वल्र्ड-२०१५ इभाना मानन्धर, अभिनेता आयुष्मान जोशी, मोडल रेश्मा घिमिरे र मिस नेपाल अर्थ-२०२० सुप्रिया श्रेष्ठलगायतको सहभागिता हुने आयोजक ड्रिम्स युनिभर्सलले जनाएको छ ।
मिस नेपाल नर्थ अमेरिकाको विजेताले मिस नेपालको फिनालेमा प्रतिस्पर्धाको मौका पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?