अमेरिकाको लुजियानामा गोली चल्दा चार जनाको मृत्यु, ६ जना घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको लुजियानामा आयोजित एक ब्लक पार्टीमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने दुई बालबालिकासहित ६ जना घाइते भएका छन् ।

मंगलबार राति यहाँको श्रेभेपोर्ट क्षेत्रमा स्वतन्त्रता दिवस मनाउन भेला भएका मानिसहरु उक्त घटना भएको हो ।

ADVERTISEMENT

श्रेभपोर्ट प्रहरीका प्रवक्ता सर्जेन्ट एन्जी विल्हाइटले मंगलबार राति मेलामा कम्तीमा १० जनामाथि गोली चलाउँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए। प्रहरीले मृतकको नाम भने खुलाएको छैन र घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन ।

घटनास्थलमा सवारीसाधनको भीड भएकाले घटनास्थलसम्म पुग्न समस्या भएको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा प्रहरीले घटनास्थलबाट धेरै टाढा गाडी पार्किङ गर्नुपरेको थियो । त्यसपछि प्रहरी र आपतकालीन स्वास्थ्य सेवाका कर्मचारी घटनास्थलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?