‘नाच्देउ मैच्याङ’ को रिमेक भर्सन सार्वजनिक

Read Time = 1 min

काठमाडौं । ‘नाच्देउ मैच्याङ’ को रिमेक भर्सन सार्वजनिक भएको छ । गायक तथा संगीतकार शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’ को रिमेक भर्सन सार्वजनिक भएको हो ।

रिमेक भर्सनको गीतमा संगीतकार बाँस्कोटाको स्वर, शब्द र संगीत छ । उहाँलाई स्वरमा पाल्मु शेर्पाले साथ दिनुभएको छ । गीत शम्भुजितले ४६ वर्षअघि रेडियो नेपालमा गाउनुभएको थियो । गीतमा चाँद सिंहको एरेञ्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ । गीतको भिडियोमा पल शाह र छिरिङ शेर्पालाई फिचर्ड गरिएको छ । भिडियोको निर्माता गायिका पाल्मु नै हुनुहुन्छ ।

ADVERTISEMENT

हरि हुमागाईंको डिओपी र निर्देशन रहेको भिडियोमा नेपा फेस ब्युटिको मेकअप, प्रवीण मानन्धरको कलर, सुनिल शिवभक्तिको सम्पादन, काजिश श्रेष्ठको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *