राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान अर्पण

Read Time = 4 mins

काठमाडौं । रिवन इन्टरटेनेमेन्ट प्रा.लि.ले विगतका वर्षमा झै यसपटक पनि ‘राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान–२०८०’बाट विभिन्न स्रष्टालाई सम्मान अर्पण गरेको छ । रिवनका अध्यक्ष निशुकान्त झाको सभापतित्वमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्य तथा वरिष्ट गायिका देविका बन्दना, चर्चित अभिनेता धीरेन शाक्य, राष्ट्रगानका रचयता व्याकुल माइलाको विशिष्ट आतिथ्यमा काठमाडौंको नाचघरमा शनिबार बेलुका सम्मान समारोह सम्पन्न भएको हो ।

समारोहमा राष्ट्रिय गायन सम्मानबाट गायकहरू नारायण थापा, रामचन्द्र काफ्ले, ओम सुनार, नवीनकुमार पौडेल, नमराज ढुंगाना, भुवन प्यासी, निमा पाख्रिन लामा, रमन रायमाझी, दिपेश श्रेष्ठ वैद्य, गायिका जुनु रिजाल, पाल्मु शेर्पा, रमला पाख्रिन, शोभा थापा, दीपा रोकाया सम्मानित हुनुभएको थियो ।

सम्पादन सम्मानबाट पारस प्रकाश नेपाल, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट विष्णु सुवेदी, ध्वनि सम्पादनबाट मनोज परियार, राष्ट्रिय मेकअप आर्टिस्ट सम्मानबाट गीता पौडेल, संगीत व्यवसायी राष्ट्रिय सम्मानबाट राजेन्द्र पुरी, राष्ट्रिय फेशन डिजाइनर सम्मानबाट दिलमाया मगर र गीति लेखनतर्फ राष्ट्रिय सम्मानबाट डब्बु क्षत्री सम्मानित हुनुभएको थियो ।

त्यस्तै राष्ट्रिय संगीतकार सम्मानबाट संगीतकार शंकर थापा ‘स्माइल’, राजेन्द्र बजगाई, शिशिर साधक, योगेन्द्र उपाध्याय सम्मानित हुनुभएको थियो । यस्तै, चलचित्र बृत्तबाट राष्ट्रिय सम्मानबाट सम्मानित हुनेहरूमा अभिनेता प्रवण भुसाल, तेज गिरी, प्रेम पाण्डे, चलचित्र निर्देशक निरज घिमिरे रहनुभएको छ ।

ADVERTISEMENT

म्युजिक भिडियो क्षेत्रबाट राष्ट्रिय सम्मान प्राप्त गर्नेहरूमा भिडियो निर्देशक बबिता श्रेष्ठ, निरेन श्रेष्ठ, निर्माता दावा लामा, कोरियोग्राफर कृष्ण रसाल, जोगेन्द्र केसी र अजयकुमार विष्ट हुनुहुन्छ ।

मोडलिङ क्षेत्रबाट सम्मानित हुनेहरूमा दुर्गेश थापा, सृष्टि खड्का, कुसुम दुलाल (सिम्रन), केशव भुसाल, अमन श्रेष्ठ, विकास विश्वकर्मा, गणेश राजभण्डारी, हनुमान यस्माली (सुदीप), एलिजिवा बुर्जा पुन (थालिनाच कलाकार मोडल) रहनुभएको छ ।

स्रष्टाहरूलाई सम्बन्धित क्षेत्रमा निरन्तर योगदानको सम्मानार्थ आफूहरूले हरेक वर्ष सम्मान गर्दै आएको रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *