डिजिटल टिकटिङको विवरणमा पहुँच उपलब्ध गराउन सिनेमाघरहरूलाई महानगरको निर्देशन

Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिनेमा हलको डिजिटल टिकटिङको विवरणमा पहुँच उपलब्ध गराउन हलहरूलाई निर्देशन दिएको छ । महानगरपालिकाले डिजिटल टिकटिङको विवरणमा पहुँच उपलब्ध गराउन कामपाभित्रका सिनेमा हलहरूलाई निर्देशन दिएको हो ।

महानगरले सिनेमा हलहरूलाई मंगलबार पत्र पठाउँदै तीनभित्र हलको डिजिटल प्रणालीभित्र सहज पहुँचको व्यवस्था गर्न निर्देशन दिएको छ । महानगरले सिनेमा हलले दर्शकबाट उठाएको मनोरञ्जन करमा पारदर्शिता होस् भन्ने चाहेको जनाएको छ ।

ADVERTISEMENT

‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गर्नुभएको भए सो प्रणालीमा ३ (तीन) दिनभित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए यो पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याई उक्त प्रणालीमा काठमाडौं महानगरपालिका राजस्व विभागलाई पहुँच गराउनुहुन जानकारीसहित निर्देशानुसार अनुरोध छ’, महानगरले सिनेमाघरलाई पठाएको पत्रमा उल्लेख छ ।

सिनेमा हलले प्रतिटिकट दर्शकसँग पाँच प्रतिशत मनोरञ्जन कर उठाउँदै आएको छ । पाँच सयको टिकट काट्दा मनोरञ्जन कर २५ रुपैयाँ तिर्नुपर्छ । डिजिटल प्रणालीमा नगएका हललाई एक महिनाभित्र जान र उक्त प्रणालीमा पहुँच प्रदान गर्न महानगरले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *