काठमाडौं । वेब सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ । काठमाडौंको भद्रकाली मन्दिरमा सिरिजको शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै सिरिजको छायांकनसमेत सुरु गरिएको छ ।
मुभी प्वाइन्टको प्रस्तुति र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिरिजलाई रामजी राउत र ज्ञानकुमार कट्टेलले निर्देशन गर्दै हुनुहुन्छ । सिरिजको सम्पूर्ण छायांकन काठमाडौंमा गरिने निर्माणपक्षले जनाएको छ ।
सिरिजमा अभिनेता रमेश बुढाथोकी, मुकुन्द मैनाली, सपना श्रेष्ठ, सुमिन गुरुङ, प्रीतिका शर्मा, ज्ञानकुमार कट्टेल, रामजी राउत, उत्सव केसी, सुस्मिता मुडभरी, मनीषा कार्की, विवेक सिलवाललगायतको अभिनय रहने जनाइएको छ ।







Breaking news with related posts