सिन्धुली । जिल्लामा करेन्ट लागेर गम्भीर घाइते भएकी किशोरी देवीकुमारी योञ्जनको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारकी वर्ष २० योञ्जनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
बुधबार बिहान धुराफाँटमा मोटरबाट पानी चलाउन स्विच अन गर्ने क्रममा अचानक करेन्ट लाग्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो । सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि मनाङ एयरको हेलिकप्टर मार्फत काठमाडौंको हेम्स अस्पतालमा उहाँलाई उपचारको लागि लगिएको थियो ।
उपचारकै क्रममा सोही अस्पतालमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच