काठमाडौंं । ‘मिष्टर नेपाल २०२३’ को अन्तिम स्पर्धाका लागि २० प्रतियोगी छानिएका छन् । देशभरबाट सहभागीबाट पहिलो चरणका लागि तीन सय प्रतियोगी छानिएका थिए । तिमध्ये अन्तिम स्पर्धाका लागि उत्कृष्ट २० छानिएको आयोजक नेक्स्ट मोडल्स नेपालले जनाएको छ । छानिएका प्रतियोगीमा डाक्टर, इञ्जिनियर, पाइलट, चार्टर एकाउण्टेनलगायत बिभिन्न प्रतिष्ठित पेशासँग आवद्ध छन् ।
प्रतियोगीतामा छानिएका २० प्रतियोगीमा निमेश कपाली (काठमाडौं), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कञ्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (विराटनगर), लोकेश प्रधानांगा (ललितपुर), रिकेश प्रसार्इं (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोरखा) अनुभव जोशी (ललितपुर), आयनराज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रवीण पाठक (झापा) हुनुहुन्छ ।
छनौट भएका सबै प्रतियोगी फाइनलस्पर्धाका लागि अब प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिनुभयो । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्वको अलवा पाँच लाखबराबरको पुरस्कार हात पार्नेछन् ।
प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिनुभयो । प्रतियोगिताको कोरियोग्राफरमा प्रशान्त ताम्राकार रहनुभएको छ ।







Breaking news with related posts