स्कुटर चोरेको आरोपमा तिन जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भक्तपुर । भक्तपुर नगरपालिका-१० कमलबिनायक पाईपलाईनस्थित पार्किङ गरी राखिएको बा.८१ प ८७६६ नम्बरको स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा खोटाङ दिक्तेल डाँडागाँउ गाउँपालिका घर भई भक्तपुर कमलबिनायक बस्ने १४ वर्षीय किशोरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ADVERTISEMENT

उक्त स्कुटर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातिबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई उक्त स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *