काठमाडौं । चलचित्र ‘जय हो’को टिजर सार्वजनिक गरिएको छ । भदौ ८ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रलाई टेक पौरखी राईले निर्देशन गर्नुभएको हो ।
चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुनुहुन्छ ।






