‘बगान’को टिजर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । फिल्म ‘बगान’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता सरोज खनालको डेब्यु निर्देशनमा तयार गरिएको बगानको टिजर सार्वजनिक गरिएको हो ।

२९ असारमा रिलिज गर्न लागिएको बगानको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको छ ।

टिजरमा प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालाई पनि देखाइएको छ ।

ADVERTISEMENT

स्वप्न नीरवको कथामा आधारित रहि बनेको बगानका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि।एफ।एक्स। तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?