चार लाख घुससहित ग्रामीण सडक सुधार आयोजना झापाका तीन कर्मचारी पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई चार लाख रुपैयाँ घूस रकमसहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घूससहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

ADVERTISEMENT

सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए वापत उनीहरूले निर्माण व्यवसायीबाट घूस लिएको अवस्थामा मंगलबार नियन्त्रणमा लिइएको हो ।
उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *