एसियन गेम्सका लागि बक्सिङका खेलाडी छनोट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । चीनमा हुने १९औँ एसियन गेम्सका लागि बक्सिङका खेलाडी छनोट भएका छन् । अन्तिम छनोटमा फ्लाई वैट ५० किलो महिला तौल समूहअन्तर्गत खेलमा नक्साल बक्सिङ क्लबकी सुस्मा तामाङले एचटुओकी अस्मिता दुवाललाई स्पिलट डिसिजन ५ः२ का आधारमा पराजित गर्दै छनोट हुनुभयो ।

यस्तै, ५४ किलो तौल समूह महिलातर्फ आर्मीकी मिनु गुरुङले बक्समाण्डुकी अञ्जली तेलीलाई ४ः१ का आधारमा पराजित गर्दै आगामी यात्रा तय गर्नुभयो । महिला ५७ किलो तौल समूहमा आर्मीकी चन्द्रकला थापाले नेपाल प्रहरीकी निशा तामाङलाई युनानिमस ५ः० का आधारमा पराजित गर्नुभयो ।

६० किलो महिलातर्फ वाक ओभरका आधारमा एपिएफकी संगीता सुनारले आर्मीकी वर्षा श्रेष्ठलाई पराजित गर्दै छनोट हुनुभयो । महिला ६६ किलो तौल समूहमा एपिएफकी विनिता थापा मगरले आर्मीकी निरु गुरुङलाई ५ः० को युनानिमस डिसिजनका आधारमा पराजित गर्नुभयो भने महिला ७५ केजीमा एपिएफकी सरस्वती राना मगरले एपिएफकी मनिता राईलाई पराजित गर्दै छनोट हुनुभयो ।

पुरुषतर्पm ५१ किलो तौल समूहमा एचटुओका रविन थापाले नेपाल प्रहरीका चन्द्रबहादुर थापालाई स्प्लिट डिसिजन ५ः२ का आधारमा पराजित गर्नुभयो । पुरुषतर्फ ५७ किलो तौल समूहमा एचटुओका बुद्ध ग्याम्जो लामाले ४ः१ को स्प्लिट डिसिजनका आधारमा बोसिगाउँ क्लबका सुलभ मालीलाई पराजित गर्दै अघि बढ्नुभयो ।

ADVERTISEMENT

पुरुष ६३.५ किलो तौल समूहमा जेनेक्सका मौसम राना मगरलाई ५ः० अंकका आधारमा नेपाल प्रहरीका खेलाडी भूपेन्द्र थापा मगरले जित हासिल गर्नुभयो । भूपेन्द्र १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीसमेत हुनुहुन्छ ।

पुरुष ७१ किलो तौल समूहमा आर्मीका दिपेश लामाले ४ः१ अंकका आधारमा सुदूरपश्चिमका खेलाडी भरत चन्दलाई पराजित गर्नुभयो । पुरुष ८० किलो तौल समूहमा आर्मीका दिपक श्रेष्ठले बक्समाण्डुका मनोज तामाङलाई वाक ओभरका आधारमा पराजित गर्दै अगाडि स्थान बनाउनुभयो ।

पुरुष ९२ किलो तौल समूहमा गण्डकीका दिपक सुनुवारले ४ः० को अंकका आधारमा एपिएफका रविन नेपाललाई पराजित गर्नुभयो । ९२ प्लस किलो तौल समूहमा आर्मीका आशिष दवाडी छनोट हुनुभयो ।

यस्तै, एसियाडका लागि अन्तिम खेलाडी छनोट प्रतियोगिताको पहिलो दिन सोमबार ३ खेलाडी छनोट हुनुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताबाट थाउलोतर्फ छाङ छ्वानको पुरुषमा विजय सिञ्जाली तथा महिलामा सुस्मिता तामाङ छनोट हुनुभयो । सान्सौंको पुरुष ७० केजीमा पदम राई छानिनुभयो । छनोट भएका तीनै खेलाडी नेपाल आर्मीका हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *