क्षमता भएकालाई ‘सपोर्ट’ आवश्यक छ : सौगातजंग थापा, गायक

Read Time = 7 mins

बुबा दिलबहादुर थापा र आमा मनमाया थापाको कान्छा छोराको रूपमा कमलामाई नगरपालिका२ सिन्धुली चियाबारी, थाक्लेमा जन्मिनुभएका सौगातजंग थापा यतिबेला काठमाडौंमा रहेर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पुर्‍याइरहनु भएको छ । ‘टाढा नहुनु है’ गीतबाट गीतसंगीतको फाटमा आफूलाई होम्नु भएका थापाको स्वरमा रहेका ‘मैले गर्ने माया’, ‘जुनी जुनी’, ‘माया बराबरी’, ‘दिलको छेउ कुनामा’, ‘हाम्रो माया जाल’, ‘कुरै कुरामा’, जस्ता गीत श्रोता दर्शकमाझ लोकप्रिय छन् । उहाँको स्वरमा गीतले विभिन्न अवार्ड चुम्न सफल भएका छन् । गीतसंगीत क्षेत्रमा कला न गला चर्तिकलामात्र भएकालाई भाइरल बनाउने लहर चलेको गुनासो गर्नुहुन्छ । क्षमता भएकालाई सबैले साथ सपोर्ट गर्न आवश्यक रहेको बताउनुहुने सौगातजंग थापासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानी :-

हाल के मा व्यस्त हुनुहुन्छ ?
गीतसंगीत क्षेत्रको व्यक्ति भएको हुनाले त्यसैसँग सम्बन्धित कार्यमै आफूलाई व्यस्त बनाउँदै आएको छु ।

गीतसंगीतको क्षेत्रमा कहिलेदेखि हुनुहुन्छ ?
सानैदेखि गीत गाउन भनेपछि हुरुक्कै हुन्थे । सानैदेखि नै एउटा राम्रो गायक बनौं भन्ने सपाना साचेको थिए । त्यही सपनालाई सकार पार्न यो क्षेत्रलाई पछाउँदै गायन क्षेत्रमा होमिए ।

कस्तो पाउनुभयो त गायन क्षेत्र ?
सजिलो त पक्कै छैन । संघर्ष धेरै नै गर्नुपर्छ । यद्यपि अहिले धेरै प्लेटफर्म अप्डेट भाको छ । जसले गर्दा नयाँलाई पनि काम गर्न सजिलो बनाइदिएको छ ।

यहाँका हालसम्म कस्ता सिर्जना श्रोता/दर्शकमाझ आएका छन् ?
मैले अन्य गीत गाउँदै आए पनि औपचारिक रूपमा ‘टाढा नहुनु है’ श्रोता/दर्शकमाझ ल्याएको थियो । यही गीतबाट गायन यात्रा सुरु गरेको हूँ मैले । राजकुमार बगर दाइको संगीतमा, टलक थापाको सब्दमा सहकार्य भएको थियो । मेलिना राईसँग ‘मैले गर्ने माया’, अस्मिता अधिकारीसँग ‘जुनी जुनी’ र ‘माया बराबरी’, ममता गुरुङसँग ‘दिलको छेउ कुनामा’, विशाखा शाहीसँग ‘हाम्रो माया जाल’, सुरक्षा सेञ्चुरीसँग ‘कुरै कुरामा’,जस्ता गीत श्रोता/दर्शकमाझ आएका छन् । अन्य केही गीत पनि आउने तयारीमा छन् ।

क्षमता भएकालाई सबैले साथ सपोर्ट गर्न आवश्यक छ । कला न गला चर्तिकलामात्र भएकालाई भाइरल बनाउने लहर छ । त्यो रोक्न जरुरी छ । यस्ताले गर्दा क्षमता र मिहिनेत गर्नेहरू ओझेलमा परेका छन् ।

पहिलो गीत श्रोता/दर्शकमाझ ल्याउँदाको अनुभव ?
म धेरैभन्दा धेरै एक्साइटेड थिए । केही नर्भस नि भएको थिए । काठमाडौंको बसाइ खासै थिएन, धुवाँ धुलोले आवाजमा केही खस्रो आइरहेको थियो, तर पनि राम्रै अनुभव भयो ।

यहाँको कोसँग गाउने इच्छा छ ?
मलाइ लेजेड्री संगीतकार गायिकासँग एक्दमै काम गर्न मन छ । गरी पनि राखेको छु तर, नयाँहरूसँग नि धेरै काम गरेको छु । मिलेसम्म सबैसँग काम गर्न रुचाउछु ।

ADVERTISEMENT

नयाँलाई कसरी हेरिन्छ ?
नाम नचलुञ्जेल त गाह्रै छ, म्युजिसियनको नजरमा पर्नु प¥यो । नयाँलाई उसको क्षमता हेरेर साथ सपोर्ट गर्नुपर्छ जस्तोलाग्छ । मैले राम्रै साथ सपोर्ट पाको छु भनुपर्छ । नयाँलाई ‘मुर्गा’ बनाएर कति फसाउने मान्छे पनि भेटिन्छ यो फिल्डमा ।

यो क्षेत्रमा न आएको भए कहाँ हुनुहुन्थ्यो ?
यो क्षेत्रमा न आएको भए म भेटेरिनरी डाक्टरको रूपमा सरकारी जागिरे हुन्थे ।

परिवारबाट कतिको सहयोग पाउनुभएको छ ?
सुरु-सुरुमा त धेरै गाली खाए । परिवार आफन्त सबैको । भेटेरिनरी डाक्टर पढेको मान्छे सरकारी जागिर खानुपर्छ गीतसंगीतमा अल्झिनु हुँदैन भनेर । तर पछि-पछि मेरो इच्छा बुझ्नु भयो राम्रो हुँदै नि गयो । अहिले धेरै सपोर्ट गर्नुहुन्छ ।

यहाँका केही गीतले अवार्ड पनि चुकेका छन् होइन ?
हो, मैले ‘हाम्रो माया जाल’ गीतबाट सगरमाथा म्युजिक अवार्ड २०७९ मा सर्वोत्कृस्ट नवप्रतिभा गायनको अवार्ड पाएको थिए । त्यस्तै ‘जुनी जुनी’ गीतबाट एपिक नेपाल म्युजिक अवार्ड २०७९मा आधुनिक तथा पप नवगायकको अवार्ड पाएको थिए । अरू धेरै गीतहरू उत्कृष्ट पाँचमा नोमिनेसनमा परेका थिए ।

फुर्सदमा के गर्नु हुन्छ?
खेलकुदमा धेरै ‘इन्ट्रेष्ट’ भएको हुनाले खेलकुदतिर क्रिकेट, फुटबल हेर्छु । किताबहरू पढ्छु, नयाँ-नयाँ ठाउँ घुम्न एक्दम मनपराउँछु ।

संगीत के हो ?
संगीत मनको भावना हो, सुख दुःख दुवैमा आनन्द दिने तत्व हो । संगीत जीवन हो ।

भविष्यको लक्ष ?
राम्रो राम्रो सिर्जना गर्नु, आफ्नो सपनालाई सार्थक बनाउनै हो । सुमधुर गीत श्रोता/दर्शक माझ पुर्‍याउनु नै मेरो लक्ष्य हो ।

अन्त्यमा ?
क्षमता भएकालाई सबैले साथसपोर्ट गर्न आवश्यक छ । कला न गला चर्तिकलामात्र भएकालाई भाइरल बनाउने लहर छ । त्यो रोक्न जरुरी छ । यस्ताले गर्दा क्षमता र मिहिनेत गर्नेहरू ओझेलमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *