काठमाडौं । संगीतकार दीपक शर्माले वृद्धाश्रमलाई सहयोग गर्नुभएको छ । उहाँले खुमलटारस्थित मञ्जुश्री वृद्धाश्रममा सहयोग गर्दै खाना खुवाउनुभएको हो । दीपकले वृद्धाहरूलाई आफैंले खाना पकाएर उनीहरूसँगै रमाउँदै खुवाएर आशीर्वाद लिनुभएको थियो ।
आगामी दिनमा फाउण्डेशन नै खोलेर विपन्न व्यक्ति र समाजमा सहयोग गर्ने योजना पनि रहेको उहाँको भनाइ थियो । दीपकले पछिल्ला दिनमा आफ्नै शब्द सिर्जनामा बाल र वृद्धाश्रमसँग सम्बन्धित गीत लेखेको जानकारी गराउनुभयो ।
‘पहिलो नम्बरमा’, ‘पर्ख पर्ख मायालु’, ‘पिरिम नलाउने’ जस्ता चर्चित गीतका संगीतकार शर्मा बेलाबेलामा सामाजिक काममा व्यस्त देखिनुहुन्छ । उहाँका थुप्रै आधुनिक लोकगीत, चलचित्रका गीतहरू सुपरहिट छन् । उहाँका धेरै गीत करोडौं क्लबमा पर्न सफल भएका छन् । पछिल्लो समयमा चलचित्र ‘छक्का पञ्जा’को ‘दर्शन सलाम’ गीतले चर्चा पाइरहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता