सवारी दुर्घटनामा पूर्वमेयरको निधन

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 1 min

वालिङ । स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्व मेयर शिव गिरीको निधन भएको छ ।

बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ शुक्रबार राति अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले राति पौने १२ बजे मृत घोषणा गरेको थियो ।

राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो । प्रहरीले पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?