कविता : वैशाख भो चञ्चल !

बद्रीप्रसाद दाहाल
बद्रीप्रसाद दाहाल
Read Time = 1 min

बस्छ्यौ रे परदेश यो खबरले, भित्रै भएँ खल्बल
सम्झन्छु मन रुन्छ धर्धर प्रिया ! बन्दैछु रे चञ्चल
कस्तो रोग रहेछ प्रेम जगमा, पर्दैछु एकै थला
सम्झी छट्पट हुन्छु हे अनुधरा, न्यास्रो छ तिम्रो गला ।।१।।

ती छाँगा छहरा र कानन डुली, उद्यानमा रम्दथ्यौँ
ती पाखा-पहरा-वनैवनै घुमी, सानन्दमा जम्दथ्यौँ
मस्केका हिम-शैल झैँ वदनले, छर्दै नयाँ-सौरभ
भथ्र्यौं प्रीति-घडा छटा अनुधरा ! गथ्र्यौँ दुवै गौरव ।। २ ।।

ADVERTISEMENT

आँखा चार मिलेर मौन लयमा, झुल्थे नयाँ-सिर्जना
बाहू-हार अपार झङ्कृत हुँदै, खुल्थे अहा ! तिर्सना
आँखा टल्पल बन्दछन् जल भरी, चित्तै बन्यो ढल्पल
छोडी आऊ विदेश हे पृयतमा, वैशाख भो चञ्चल ।। ३ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?