‘नालापानी’ को च्यारिटीमा ‘कोतपर्व’ को घोषणा

Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘नालापानी’को च्यारिटी प्रदर्शनीमा चलचित्र ‘कोतपर्व’को घोषणा गरिएको छ । काठमाडौंमा बिहीबार आयोजित ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को च्यारिटी प्रदर्शनीमा चलचित्र ‘कोतपर्व’को घोषणा गरिएको हो । विसं १९०३ असोज २ गते काठमाडौंको हनुमाढोका दरबारमा घटेको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने चलचित्रमा रिमेश अधिकारीको निर्देशन रहनेछ । यसअघि अधिकारीले नै ‘नालापानी’ निर्देशन गर्नुभएको थियो ।

प्रतिनिधिसभा सदस्य हरि ढकालको प्रमुख आतिथ्यतामा भएको च्यारिटी कार्यक्रममा ‘कोतपर्व’का निर्देशक, लेखक तथा निर्माताको परिचय गराइएको थियो । चलचित्रका निर्देशक अधिकारीको कम्पनी रिमेश अधिकारी फिल्मस् र यस फिल्मका एशोसियट निर्देशक श्रीदेव बिएलको कम्पनी श्रीत फिल्मस् एण्ड इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा चलचित्र निर्माण हुन लागेको हो । जसका कार्यकारी निर्माता शिवचन्द्र रहनुभएको छ भने आरसी शर्मा र शारदा खड्का अर्याल निर्माता र राजेन्द्र ढकाल (राजु) तथा राजाराम सुवाल सहनिर्माता हुनुहुन्छ । चलचित्रमा महेश दवाडीको लेखन रहनेछ ।

ADVERTISEMENT

प्रमुख अतिथि ढकालले सात वर्ष लगाएर ऐतिहासिक चलचित्र ‘नालापानी’ बनाएकोमा धन्यवाद दिँदै नयाँ चलचित्र ‘कोतपर्व’लाई सफलताको शुभकामना दिनुभएको थियो ।

नेपालको कला र संस्कृतिलाई विश्वमाझ पु¥याउने उद्देश्यका साथ सक्रिय नेशनल डेल्फिक काउन्सिल नेपालले आयोजना गरेको च्यारिटी कार्यक्रममा वीर विभूति बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्रा.डा. धनबहादुर कुँवर, महान योद्धा वीर बलभद्र स्मृति समाजका अध्यक्ष रामराजा कुँवर (बलभद्र कुँवरका पाँचौं पुस्ता) र कुँवर समाजका अध्यक्ष डा. देशराज कुँवरलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *