अख्तियारद्वारा घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० हजार रुपैयाँ घुस रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिकाका दुईका वडाध्यक्ष बुलन यादव र वडासचिव अमृतनारायण मिश्र रहेका छन् । उनीहरूलाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

अख्तियारको कार्यालय बर्दिबासबाट खटिएको टोलीले आरोपीहरूको साथबाट ७० हजार बरामद गरेको हो । उनीहरू नगराइन चोकबाट पक्राउ परेका हुन् ।

सडक निर्माणका लागी सिफारिस बनाइदिने प्रयोजनका लागी उनीहरूले घुस मागेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?