भोजपुर । विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरले टेम्केमैयुङ गाउँपालिकाको अन्नपुर्ण बागधन रणदिपा राई माध्यामिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा १३ सय जनाको उपचार भएको तथा ५४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
भोजपुरका ग्रामीण क्षेत्रहरु अन्य रोगको तुलनामा आँखा रोगीको संख्या धैरे देखिने गरेकाले गाउँ स्तरीय शिविरहरुलाई पहिलो प्राथमिकतामा राखिएको आयोजक नेपाल नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्रका प्रमुख बिजय तामाङले बताउनुभयो । आर्थिक अवस्था र बिविध कारणले बर्षौ देखि आँखाको समस्या झेल्न बाध्य नागरिकलाई आफ्नै पालिकामा संचालन भएको शिविरले लाभ पुर्याएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
विपन्न र दुर्गम भेगका अशक्त नागरिकलाई लक्षित गरि भोजपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्र रोग विशेषज्ञ डा. युगान्तिका खत्रीले बताउनुभयो । डा. खत्रीले भन्नुभयो, “भोजपुरका ग्रामीण विपन्न र असक्त नागरिकका लागि सहज उपचार सेवा दिन हामीले शिविर सञ्चालन गरेका हौँ, ग्रामिण भेगका वर्षौदेखि आँखाका समस्या लिएर आउने विरामीलाई हाम्रो टोलीले सफल उपचार गरेको छ ।”
आँखाका रोगीहरुको संख्या ग्रामीण क्षेत्रमा बढी देखिएकाले सवै क्षेत्रमा शल्यक्रियासहितको शिविरहरु क्रमिकरुपमा संचालन गरिदै लगिने नेपाल नेत्रज्योती संघ भोजपुरले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts