काठमाडौं । सात नेपाली युवालाई भारतको मुम्बईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३’बाट प्रदान गरिएको छ । अवार्डको विदेशी विधाअन्तर्गत अवार्ड प्राप्त गर्नेमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सचेतना’का प्रस्तोता एवं निर्देशक सरोज ओझा, कलाकार नितु कोइराला, गायक विनोद ढकाल, स्रष्टा एवं अभियन्ता राजेन्द्रप्रसाद ओझा, व्युटिसियन सुशीला थापा, इभेण्ट निर्देशक अमित शाह र अभियानकर्मी कृष्णप्रसाद देवकोटा रहनुभएको छ ।
मुम्बईका एशिपी शशिकान्त मनेको प्रमुखको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभिनेत्री श्वेता तिवारी, अभिनेत्री एवं मोडेल रानी रे, मोडेल रितु शर्मा, फेसन डिजाइनर रागिनी के सिंह, मोनिका भादोरिया, सामाजिक अभियन्ता बेलिन्दा पेरेरा, अशोकप्रसाद अभिशेक, आदित्य खुराना, रमादीप कौर, हितेन तेजवानी, मान्या सिंह, निहारिका राजदान, मदल्सा शर्मा, लिजा सिंह, टिवन्कल वशिष्ठलाई अवार्ड प्रदान गरिएको थियो । अवार्ड सेरोमनी फिल्मोरा मिडियाले आयोजना गरेको हो ।
आयोजक संस्था फिल्मोराका प्रमुख अखिलेश सिंहलाई नेपालकोतर्फबाट नेपाल र भारतको झण्डा अंकित मायाको चिनो उपहारस्वरूप प्रदान गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts