जिवस र जीवाश्रीलाई स्वर्ण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । जिवस भट्टराई र जीवाश्री भट्टराईले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यू-८ सिंगल्समा स्वर्ण जित्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा जिवसले भिरल अग्रवाललाई १०-९, १-१० र १०-८ ले पराजित गर्नुभयो । गल्र्सको उपाधि भिडन्तमा जीवाश्रीले निम्ति कुँवरलाई १०-८, ८-१० र १०-८ ले हराउनुभयो ।

राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा मनोज शमशेर जंगबहादुर राणा र विदुर विष्टको जोडीले सहदेव ढुंगाना र ध्रुवबहादुर गुरुङको जोडीलाई ६-३ र ६-२ को सोझो सेटमा पराजित गर्दै अशोक र रामबहादुर तामाङको जोडीसँग फाइनल भेट पक्का गर्नुभयो ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा मनोज शमशेर जंगबहादुर राणा, अशोककुमार र कमल थापा अगाडि बढ्नुभयो । भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा निरेशबहादुर श्रेष्ठ र गोपालदास मानन्धर, विकास गुरुङ र शरण गुरुङ तथा मोहम्मद युनुस र अन्वर अलीले जित हात पार्नुभयो । ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वर, कमल थापा, उत्तमकुमार लामा, सुनिल गुरुङ र राजु श्रेष्ठ अघिल्लो चरणमा प्रवेश गर्नुभयो ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, नवीन श्रेष्ठ, प्रवेश पन्त, साम्दुप लामा, भीष्मजंग गुरुङ, अनिल साई, कृष्ण उप्रेती, सन्तोष खत्री, सिमान्त गुरुङ, प्रणव मल्ल, सञ्जय श्रेष्ठ, दावा सोनाम शेर्पा, छेवाङ लामा, सोम रानामगर, सुब्रत बस्नेत र पूर्वच्याम्पियन जितेन्द्र परियारले सफलता पाउनुभयो । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, उत्तमकुमार लामा, सुकमान तामाङ, महेश श्रेष्ठ, विकास गुरुङ, मानबहादुर कट्वाल, मोहम्मद युनुस र थोङवान तुलेश्वरले आ-आफ्नो खेल जित्नुभयो ।

ADVERTISEMENT

यू-९ ब्वाइज सिंगल्समा अर्याशराज पौडेल, भेडान्त चालिसे, संघर्ष फोडार, आरित मल्ल, भिराल अग्रवाल, निश्चल ज्ञवाली, इभान भट्टराई र सभ्यजंग कार्कीले जित हात पार्नुभयो । यू-१० गल्र्स सिंगल्समा थिअ श्रेष्ठ, आयाना भद्र र आयुश्री हजुर घले विजयी हुनुभयो । यू-१० ब्वाइज सिंगल्समा वोश्वविशेष डल्लाकोटी, अर्याशराज पौडेल, निश्चल ज्ञवाली र सुजन कुईंकेल विजयी हुनुभयो ।

प्रतियोगितामा पुरुष र महिलाको अण्डर ८, अण्डर ९, अण्डर १०, अण्डर १२, अण्डर १४ तथा अण्डर १६ मा सिंगल्स र डबल्ससहितका स्पर्धा समावेश छन् । यस्तै, मेन्स र वुमन्सको सिंगल/डबल्ससहित ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि गरी ११ विधा समावेश गरिएको छ ।

मेन्स सिंगल्स र वुमन्स सिंगल्सको विजेताले समान १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । मेन्स र वुमन्स डबल्सका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सिनियर विधामा ३५ वर्षमाथिको विधाको विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार तथा डबल्स विधाको विजेताले ३० हजार, दोस्रोले १६ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४५ वर्षमाथि विधाको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सोही उमेर समूहको डबल्स विधाका विजेताले २५ हजार, दोस्रोले १४ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको पुरस्कारमा मात्र १४ लाख ८५ हजार रुपैयाँ खर्च हुने राइजिङ स्टार एकेडेमीका अध्यक्ष रविन प्रधानले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *