लालीगुराँस क्वाटरफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले प्रारम्भ वल्र्डलाई २७-२० ले पराजित गर्‍यो । एलएनएका साहिल पुनले १२ स्कोर गर्नुभयो । एन्जल्स हार्टले नर्थ भ्यालीलाई २०-१४ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो । एन्जल्स हार्टका रूपेश पौडेलले सात अंक जोड्नुभयो ।

ADVERTISEMENT

क्वाटरफाइनलमा एलएनएको भेट सिर्जना ज्ञान सागरसँग हुनेछ भने एन्जल्स हार्टले जीवन ज्योतिको सामना गर्नेछ । बाँकी क्वाटरफाइनल सिद्धार्थ मोडल र सेक्रेट हार्ट तथा हिमरश्मी र काठमाडौं लिङकनबीच हुनेछ । तारकेश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा एलएनए, नर्थ भ्याली, न्यु एरा र पद्म चक्रले क्वाटरफाइनलमा स्थान पक्का गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *