३२ वर्षपछि दुई दिग्गजको सहकार्य

Read Time = 1 min

मुम्बई । अभिनेता रजनीकान्त र अमिताभ बच्चन क्रमशः साउथ र हिन्दी फिल्म उद्योगका मेगास्टार हुन् ।

यी दुई दिग्गज अभिनेता ३२ वर्षपछि फिल्ममा सहकार्य गर्दैछन् । रजनीकान्तले अमिताभसँग उनको फिल्म ‘थलाइवर १७०’मा सहकार्य गर्न लागेका हुन् ।

तमिल सुपरस्टार रजनीकान्त हाल ‘जेलर’ र ‘लाल सलाम’मा व्यस्त छन् । यी दुई फिल्मपछि उनी टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’मा जोडिनेछन् ।

यो रजनीकान्तको करियरको १ सय ७० औं फिल्म हो । फिल्ममा अमिताभको महत्वपूर्ण भूमिका रहनेछ ।

ADVERTISEMENT

फिल्म ‘पोन्नियन सेल्भन’ अभिनेता चियान विक्रमलाई सुरुमा अमिताभले निभाउने चरित्र प्रस्ताव गरिए पनि उनले समय नदिएपछि अमिताभले त्यो चरित्र निभाउन लागेका हुन् । अमिताभ र रजनीकान्तले सन् १९९१ को एक्सन ड्रामा फिल्म ‘हम’मा अभिनय गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?