रमिला र नन्दालाई ‘मिस एण्ड मिसेज डिश्याबिलिटी’को उपाधि

Read Time = 1 min

काठमाडौं । ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन २०२३’को उपाधि रमिला साउद र नन्दा सुनारले चुम्नुभएको छ । रमिलाले मिसतर्फको उपाधि चुम्दा नन्दा मिसेजतर्फको विजेता बन्नुभएको हो ।

काठमाडौंमा आयोजित प्रतियोगितामा झरना घिमिरे फष्ट रनरअप र निर्मला खाण सेकेण्ड रनरअप घोषित हुनुभयो । ग्रीन आर्ट्स मिडिया प्रालिको आयोजना रहेको प्रतियोगितामा २३ प्रतियोगीको सहभागिता थियो ।

ADVERTISEMENT

अपांगता भएका व्यक्तिहरूको क्षमता साथै उनीहरूमा लुकेर बसेको प्रतिभालाई उजार गर्दै समाजमा सक्षम व्यक्तिको रूपमा अगाडि ल्याउनु प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको निर्णायकमा आलोकश्री, प्रतिष्ठा थापा, श्रद्धा जोशी कर्माचार्य, सृजल रुपाखेती, सीता सुवेदीलगायत रहनुभएको थियो । प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *