बिएमसिए र एचएचसिए क्वाटरफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र एचएचसिए प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बिएमसिएले भद्रकालीलाई ३६-३१ ले पराजित गर्‍यो । विजयी टिमका लागि सुजन तामाङ र आशिष राईले समान ११-११ अंक जोड्नुभयो । एचएचसिएले युनिभर्सिटीलाई ३७-२५ ले हरायो । एचएचसिएका डेभिड राईले ११ अंक जोड्नुभयो ।

ADVERTISEMENT

सिनियर ब्वाइजमै ग्रिनल्याण्डले हिमालयन किङ्डमलाई ६१-५०, सेन्ट जोसेफले जुगललाई ४०-३०, इडेन ब्रिज एकेडेमी (इबिए) ले ज्ञानभूमिलाई ३७-३०, गोल्डेनपिकले टिआइएलाई ५७-४० र ग्रामशिक्षाले बुढानीलकण्ठलाई ३२-२१ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

ग्रिनल्याण्डका सुरेश बिसीले २०, सेन्ट जोसेफका निकेश तामाङले ११, इबिएका सोहन भण्डारीले ९, गोल्डेनपिकका विजय तामाङले २४ र ग्रामशिक्षाका छेवाङ भोटेले १४ अंक बटुल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *