नेपाल संस्कृत विश्वविद्यालय र सम्पूर्णानन्दबीच शैक्षिक सहमति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय र वनारसमा रहेको सम्पूर्णानन्द विश्व विद्यालयबीच शैक्षिक आदान प्रदान गर्ने विषयमा सहमति भएको छ । सहमति अनुसार विश्वविद्यालयमा अनलाई संस्कृत प्रशिक्षण केन्द्र खोलिने छ । पहिले सम्पूर्णानन्दमा सो कार्यक्रममा नेपालमा समेत प्रारम्भ गरिनेछ । अनलाइन प्रशिक्षणमा संस्कृत भाषा, कर्मकाण्ड, आचरी विद्या, ज्योतिष, कुण्डली विज्ञान, वास्तु विज्ञान, वेद, योगा, दर्शन, व्याकरण, वेदान्त जस्ता विषयहरू समावेश गरिनेछन् । प्रशिक्षण कार्यक्रम अमेरिकामा समेत सञ्चालन गरिने जनाइएको छ । त्यस्तै नेपालमा शास्त्रीय विषयका दुलर्भ रहेका दश हजार जति पाण्डुलिपीहरूमाथि सोध गर्ने विचार विमर्श भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयको यही जेठ ३१ गते सम्पन्न हुन गाइरहेको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा सम्पूर्णानन्द विश्व विद्यालयका कुलपति प्रोफेसर हरेराम त्रिपाठीलाई निमन्त्रण गर्न गएको नेसंविको प्रतिनिधि मण्डल र सम्पूर्णानन्दका पदाधिकारीका बीचमा यसबारे गहन छलफल भएको हो । संस्कृत विश्विद्यालयका कुलसचिव प्रा.माधव अधिकारीको नेतृत्वमा डा.रघुराज नेपाल र रम्भा अर्याल वनारस जानुभएको थियो ।

ADVERTISEMENT

कुलसचिव अधिकारीका अनुसार दीक्षान्त समारोहमा सम्पूर्णानन्दका कुलपति हरेराम त्रिपाठी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । दीक्षान्त समारोहको अध्यक्षता कुलपति प्रधानमन्त्रीले गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?