यू-२० महिला एसियन कप छनौट, नेपालले आज म्यान्मारसँग प्रतिस्पर्धा गर्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपाल आज म्यान्मारसँग भिड्दैछ ।

एसियन कप छनोट दोस्रो चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल साँझ साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।

‘पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ, टिममा एकता छ, हामीमा कुनै पनि टिमलाई हराउन सक्ने क्षमता छ, हामी हरेक म्याच जित्नकै लागी खैल्छौँ,’ प्रशिक्षक यमप्रसाद गुरुङले भने, फिफा वरीयतामा हामी भन्दा माथी भएका टिमहरु छन् तर उच्च मनोबलका साथ मैदान उत्रनेछौँ ।’

प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६-० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको नेपालले आज म्यान्मारसँग दोस्रो चरणको पहिलो खेल खेल्न लागेको हो ।

छनोटको समूह ‘बी’ मा नेपालमा नेपाल र म्यानम्मारसँगै चीन र चाइनिज ताइपेई छन् । जससँग नेपालले आगामी जुन ८ मा चीनसँग तथा जुन १० मा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ ।

जसबाट उत्कृष्ट टोलीले उज्वेकिस्तानमा मार्च ३ देखि १६ सम्म हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

ADVERTISEMENT

नेपाली टोली

गोलकिपरः कविता विक, लिला जोशी, सावित्री किसान

रक्षकः सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डरः सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य

फरवार्डः अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?