नेपाल र मलेसिया निर्णायक खेल खेल्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । महिला टि-२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

महिला टि-२० को अन्तिम श्रृखंलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो ।

यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो । पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने बिजय हासिल गरेको थियो ।

ADVERTISEMENT

मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो श्रृखंलामा बिजेता बने पछि नेपाल-मलेसियाका जीत हार बराबर बन्न पुगेको छ ।

आज हुने खेलमा दुवै देश विजयका लागि मैदानमा उत्रने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?