सुजनको ‘भुक्के चप्पल’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गायक तथा कलाकार सुजन शिवाकोटीको ‘भुक्के चप्पल’ सार्वजनिक भएको छ । सामाजिक अभियन्ता तथा युवा व्यवसायीसमेत रहनुभएका गायक शिवाकोटीकै शब्द तथा संगीत निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

लेखराज तामाङको निर्देशन रहेको गीतको भिडियोमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरू सुरवीर पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नवीना शिलवाल (खुईली)को अभिनय देख्न सकिन्छ । एक रोमान्टिक प्रेम जोडीको रोमान्स, ख्याल ख्यालैमा माया बसेको दृश्य र ग्रामीण परिवेशको कथामा गीतको भिडियो तयार पारिएको छ ।

ADVERTISEMENT

प्रेम, कमेडीलगायत विषयवस्तुलाई समेटेको भिडियोको छायांकन बुद्ध थापाले गर्नुभएको हो भने भिडियोको सम्पादन मीन रावलको छ । रावलकै कलरिङ रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *