त्रिवेणी साहित्यको नयाँ कार्यसमिति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

पेन्सिलभेनिया । त्रिवेणी साहित्य मञ्च हेरिस्वर्ग पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकामा साहित्यकार केशव वैरागी माइलोको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । हिन्दूधर्म एवं संस्कृति संगठन (ओएचआरसी) हेरिस्वर्गको भवनमा सम्पन्न पद हस्तान्तरण कार्यक्रम दीपकजंग विश्वकर्माको अध्यक्षतामा भएको थियो । मञ्चका निवर्तमान अध्यक्ष नवीन भट्टराईले नवनिर्वाचित अध्यक्ष वैरागी माइलोलाई औपचारिकरूपमा पद हस्तान्तरण गर्नुभएको थियो । एघार सदस्यसहितको नयाँ कार्यसमितिमा मञ्चले सातजना सल्लाहकार पाएको छ ।

वर्तमान कार्यसमितिको अध्यक्षमा केशव घिमिरे, उपाध्यक्षमा प्रेम घिमिरे, सचिवमा नारद आचार्य, कोषाध्यक्षमा महेन्द्र अधिकारी रहनुभएको छ । त्यसरी नै सह-सचिवमा शेखर कोइराला, सह-कोषाध्यक्षमा परमा अधिकारी हुनुहुन्छ । सूचना तथा सञ्चार विभागमा तीनजना पातलो अन्तरे, कुमार शिवाकोटी र भरत तिम्सिना चयन हुनुभएको छ । त्रिवेणी साहित्य मञ्चको सदस्यमा अबिबाबु अधिकारी र बालकृष्ण न्यौपाने रहनुभएको छ ।

ADVERTISEMENT

नारद अधिकारी प्रमुख सल्लाहकार र शम्भु आचार्य सह-सल्लाहकार रहेको मञ्चको सल्लाहकार समितिमा यदु आचार्य, नवीन भट्टराई, दीपकजंग विश्वकर्मा, गण्डकी पुत्र, अविनारायण न्यौपाने र प्रेम खनाल सदस्य हुनुहुन्छ ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै डा. तुलाराम न्यौपानेले साहित्य क्षेत्रमा महिलाहरूको सहभागिता धेरै कम देखिएको गुनासो गर्नुभएको थियो भने साहित्यकार गण्डकी पुत्रले सबै जनजाति तथा बालबालिकालाई समेत त्रिवेणी साहित्य मञ्चले समेट्नुपर्ने सल्लाह दिनुभएको थियो । स्वागत मन्तव्यसँगै शम्भु आचार्यले त्रिवेणी साहित्य मञ्चका सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *