कोशी नाम पुनर्विचार गर्न कांग्रेसका चौध जिल्ला सभापतिको माग 

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

भोजपुर । कोशी नामका बिषयमा पुनर्विचार गर्न जिल्ला सभापतिहरुले माग गर्नु भएको छ । नेपाली कांग्रेसका कोशी प्रदेशका१४ वटै जिल्लाका सभापतिहरूले विज्ञप्ति निकाल्दै नाममा पुनर्विचार गर्न माग गर्नु भएको हो ।

जिल्ला सभापतिहरुले संयुक्तरुपमा बिज्ञप्ती निकाल्दै काेशी नाममा पुनर्विचार गर्न माग गर्नु भएको छ ।  ‘नेपाली कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्ती कमजोरीहरूलाई सच्याउने साहस गर्न सक्छ । यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग विशेष आग्रह गर्दछौँ ।’ सभापतिहरुले निकालेको बिज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा प्रदेश नम्बर १ को नाम कोशी राखिएकोमा गम्भीर आपत्ति जनाउँदै प्रदेशका जनता आन्दोलित भएकोप्रति गम्भीर ध्यानाकर्षणभएको समेत उल्लेख गरिएको छ । आन्दोलनमा संयमित हुन हामी आन्दोलनकारीहरूलाई विशेष आग्रह गर्दछौँ भन्दै बिज्ञप्तीमा जिम्मेवार बनेर मानवअधिकारको सम्मान गर्न तथाविरोध गर्न पाउने मौलिक हकको सम्मान गर्न पनि माग माग गरिएको छ ।

ADVERTISEMENT

बिज्ञप्ती निकाल्ने जिल्ला सभापतिहरुमा भोजपुर सभापति बिनोद बान्तवा, मोरङका डिकबहादुर लिम्बु, सुनसरी केदार भण्डारी, देउ कुमार थेवे झापा, दिपक खडका संखुवासभा, हिमाल कार्की उदयपुर, बिष्णु कुमार राई खोटाङ, तेजेन्द्र खनाल ओखलढुंगा, नामगेल जाङबु शेर्पा सोलुखुम्वु, दिनेश राई धनकुटा, रुपनारायण जवेगु पाँचथर, डम्मर खडका इलाम, अर्जुन तुम्वाहाम्फे तेह्रथुम र ताप्लेजुङका गजेन्द्र तुम्याहाङ हुनुहुन्छ ।

प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठुलो तप्काले अहिले बिरोध गरि रहेको बिज्ञप्तीामा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?