किङ्ग्स लाउन्ज पोखरामा गुन्जिए कालीप्रसाद

Read Time = 2 mins

काठमाडौं । गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटा र उनको साथीभाई व्याण्ड किङ्ग्स लाउन्ज पोखरामा गुञ्जिएका छन् । लाउन्जको चौथो वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा कालीले आफ्ना पुरानादेखि नयाँ गीत दर्शकलाई सुनाए ।

पीभीई नेटवर्कले व्यवस्थापन गरेको कार्यक्रममा कालीले ‘अजम्बरी’, ‘माया पिरती’, ‘साली मन पर्यो’, ‘लप्पन छप्पन’ र ‘पारी त्यो डाँडामाथि’लगायतका गीत सुनाएका थिए । लाउन्जले वार्षिकोत्सवमा कालीको कार्यक्रम हेर्न आउने दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेपछि लाउन्ज हाउसफूल भएको थियो ।

ADVERTISEMENT

काली नेपालसहित, भारत, अमेरिका, क्यानाडा र अष्ट्रेलियामा सांगीतिक टुरको तयारी गरिरहेका छन् । लाउन्जका सञ्चालक ध्रुव केसीले विभिन्न चुनौतीका बाबजुद पनि लाउन्जले चार वर्ष पुरा गरेकोमा खुशी व्यक्त गरे । पोखरामा किङ्ग्स लाउन्जलाई उत्कृष्ट सेवा र परिकारका लागि चिनिन्छ ।

कार्यक्रममा चार वर्षदेखि लाउन्जमा निरन्तर खटिरहेका कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?