छैटौं संस्करणको ग्लोबल नेपाली फिल्म अवार्ड न्यूयोर्कमा हुँदै

Read Time = 4 mins

काठमाडौं । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को छैटौं संस्करण अमेरिकाको न्यूयोर्कमा अगष्ट १२ तारिखमा हुने तय भएको छ । चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिँदै आएको र यस वर्षको अवार्ड कार्यक्रम न्यूयोर्क क्विन्स शहरको मेलरोज बलरुममा हुने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी गराउनुभयो ।

एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्योरेन्स कम्पनीको सहप्रायोजनमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करणको होस्ट अर्गनाइजर ड्रिम्स युनिभर्सल एलएलसि न्यूयोर्क रहने भएको छ भने आयोजकको रूपमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एल एल सीले संयुक्त रूपमा छैटौं ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गर्ने अवार्डका संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले जानकारी गराउनुभएको छ । अवार्डका अघिल्ला पाँच संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।

अवार्ड आयोजनाको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रवद्र्धन गर्नु रहेको आयोजक संस्थाड्रिम्स युनिभर्सल एलएलसि न्यूयोर्कका अध्यक्ष सैलेश श्रेष्ठले बताउनुभयो । ‘नेपाललाई फिल्म टुरिजमको हब बनाउन अवार्डले भूमिका खेल्नेछ’, उहाँले भन्नुभयो ।

ADVERTISEMENT

नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रूपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको समेत चलचित्र निर्देशक ८८४८ मिडिया हाउस एल एल सीका अध्यक्ष नारायण पुरी बताउनुहुन्छ ।

‘यो अवार्डको उद्देश्य विदेशमा नेपाली चलचित्रको प्रबद्र्धन गर्नु हो । नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि हो । अमेरिकामा नेपालबाट धेरै कलाकार पुगेका छन्, उनीहरूसँग पूर्नमिलन गर्नु पनि अवार्डको उद्देश्य हो । संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य रहेको अर्का आयोजक संस्था गोल्डेन स्टेट मुभी मेकरका अध्यक्ष यज्ञ श्रेष्ठले बताउनुभयो ।

अवार्डको लागि चलचित्र छनौट समिति गठन भइसकेको र चलचित्र छनौट धमाधम भइरहेको छ भने नेपालबाट अवार्ड कार्यक्रममा सहभागी हुने कलाकार तथा समावेश हुने चलचित्रहरूको जानकारी केही दिनमा प्रेस विज्ञप्तिमार्फत गरिने अवार्डका प्रेस संयोजक सूर्य चन्दले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *