खेल पूर्वाधार निर्माण, प्रतियोगिता सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसद्मा पेश गरेको बजेटमा खेल पूर्वाधार निर्माण तथा प्रतियोगिता सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा अर्थमन्त्री महतले खेलकुदको पूर्वाधार निर्माण, व्यवस्थापन र प्रतियोगिता सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताउनुभएको हो ।

मन्त्री महतले सार्वजनिक निजी साझेदारीमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका साथै ¥याफ्टिङ तथा क्यानोइङ, पाराग्लाइडिङ, रक क्लाइम्बिङ र अल्ट्रा म्याराथनलगायतका साहसिक खेल पूर्वाधार निर्माण गरी खेल पर्यटनलाई प्रवद्र्धन गरिने बताउनुभएको छ ।

ADVERTISEMENT

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने
सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रूपमा विकास गर्ने भएको छ । सरकारले नयाँ बजेटमार्फत् त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका रूपमा विकास गर्दै थप चारवटा रंगशाला निर्माण गर्ने जनाएको छ ।

विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीमा फाप्ला क्रिकेट रंगशाला र काठमाडौंमा सुवर्णशमशेर क्रिकेट रंगशाला निर्माण गरिने नयाँ बजेटमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?