काठमाडौं । तेस्रो संस्करणको ‘स्पर्श म्युकि भिडियो अवार्ड’ सम्पन्न भएको छ । टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्मस्, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रूपमा आयोजना गरेको तेस्रो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड-२०२३ काठमाडौं शनिबार सम्पन्न भएको हो ।
अवार्ड समारोहमा नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री विपना थापालाई ‘युग नायिका’को उपाधि प्रदान गरिएको थियो । २०५० को दशककी यी सफल अभिनेत्रीलाई अभिनेत्री थापालाई उहाँले अभिनय गरेको पहिलो नेपाली चलचित्र जन्मभूमि’का निर्देशक तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले दोसल्ला ओढाएर सम्मानित गर्नुभएको थियो । नृत्य निर्देशकहरू राजु शाह, कमल राई तथा छायांकार शिव ढकालले अभिनेत्री थापालाई संयुक्त रूपमा सम्मानित गर्नुभएको थियो ।
समारोहमा अघिल्लो वर्षका उत्कृष्ट म्युजिक भिडियो तथा तीनका स्रष्टालाई पुरस्कृत गरिएको थियो । अवार्डको जुरी सदस्यमा मेकअप आर्टिष्ट ऋतु राणा, लोक गायक नमराज ढुंगाना, गायक नवीनकुमार पौडेल, संगीतकार राजेन्द्र बजगाईं तथा मोडल सञ्चिता शाही रहनुभएको थियो ।
समारोहमा अभिनेता गोपाल ढकाल छन्दे, मोडल तथा कोरियोग्राफर नरेशवीर सिंह, गीतकार तथा सामाजिक अभियन्ता निर्मला राई परिवेश, गीतकार तथा सामाजिक अभियन्ता शान्ती खत्री, मोडल अंकितकुमार अधिकारी, मोडल नरेश जंग कार्की, मोडल विपिन खड्का, गायक तथा पत्रकार पुष्पराज तिमिल्सिेना तथा अभिनेता तथा मोडल अयुब केसीलाई सम्मानित गरिएको थियो ।
समारोहमा नम्रता सापकोटा, ऋचा थापा, प्रनिमा दाहाल, प्रवीणा श्रेष्ठ, दावा तामाङ, प्रशान्त मगर तथा किड्स क्यापिटल नेपाल २०२२ तथा २३ का आश्रिया थापा, आरोन श्रेष्ठ, सुहान पुन, मिमिक रानामगर, दीपशन चिलुवाल, इश्लिया गुरुङले विशष प्रस्तुति दिनुभएको थियो ।
सो समारोहमा राजु शाहलाई लिजेन्ड्रि सिने कोरियोग्राफरको अवार्ड प्रदान गरिएको थियो भने रेनशा वान्तवा राईलाई पपुलर सिने डाइरेक्ट (फिमेल) तथा मिलन चाम्सलाई पपुलर सिने डाइरेक्टर (मेल)को अवार्ड प्रदान गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts