‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज दुई खेलहरू हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कक्प्लेक्स, सातदोबाटोमा ती खेल हुनेछन् ।

च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिडनेछन । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

सातदोबाटो आज नवौं जितको योजनामा छ भने एनआरटी सातौं जितको खोजीमा रहेको छ ।

ADVERTISEMENT

सातदोबाटो २१ खेलमा २९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ भने एनआरटी २१ खेलमा २६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङदी र थ्रिस्टार आमुने सामुने हुनेछन् । जुन खेल पनि ३ बजेबाट नै सुरु हुनेछ ।

मनाङ छैटौं जितको खोजीमा हुनेछ । मनाङ २१ खेलमा २५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

थ्री स्टार सातौं जित निकाल्न चाहन्छ । थ्री स्टार २१ खेलमा २६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?