वडास्तरीय फुटबलको उपाधि पोखरा-१४ लाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ लाई चार-शून्य गोल अन्तरले हराउँदै वडा नम्बर १४ विजयी बनेको हो । वडा नम्बर १४ का लागि आशिष कार्की, सिद्धान्त गुरूङ, प्रताप गुरूङ र यामबहादुर श्रेष्ठले गोल गर्नुभयो । यामबहादुर खेलको म्यान अफ दी म्याच घोषित हुनुभयो ।

विजेता वडा नम्बर १४ ले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता वडा नम्बर १५ ले एक लाख प्राप्त गर्‍यो । वडा नम्बर १४ का आशिष कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भई १५ हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।

ADVERTISEMENT

त्यस्तै, वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । प्रतियोगितामा वडा नम्बर १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड घोषित हुनुभयो । उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

विजेता खेलाडी तथा प्रशिक्षकलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गर्नुभयो । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको उक्त प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *