इन्टरलाई कोपा इटालियाको उपाधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । कोपा इटालिया फुटबल प्रतियोगिताको उपाधि इन्टर मिलानले जितेको छ ।

इन्टर मिलानले रोममा बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २-१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

खेलको तेस्रो मिनेटमा नै निकोलस गोन्जालेले सुरुवाती गोल गरेपछि फियोरेन्टिनाले १-० को अग्रता लिन सफल भएको थियो तर २९औं मिनेटमा मिलानका लागि लोउटारो मार्टिनेजले गोल गरे पछि खेललाई १-१ बराबरीमा आईपुगेको थियो।

ADVERTISEMENT

३७औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा पहिलो हाफमा नै २-१ को अग्रता दिलाउन सफल भए। तर, दोस्रो हाफमा प्रतिस्पर्धात्मक खेल भएपनि दुबै पक्षबाट गोल हुन नसके पछि २-१ मा नै खेल टुंगिन पुगे पछि मिलान बिजेता बन्न पुग्यो।

सन् २०२१-२२ को सिजन पनि इन्टर मिलान च्याम्पियन बनेको थियो। युभेन्ट्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको मिलान लगातार दोस्रो पटक बिजेत बन्न सफल भएको हो।

यो च्याम्पियनसँगै मिलानले कोपा इटालियाको नवौं पटक च्याम्पियन बन्न पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?