अभिनेत्री वैभवीको सडक दुर्घटनामा निधन

Read Time = 1 min

एजेन्सी । अभिनेत्री वैभवी उपाध्यायको सडक दुर्घटनामा मृत्यु भएको छ । ‘साराभाई भर्सेस साराभाई २’ मा उहाँको भूमिकाबाट चर्चित हुनुहुन्थ्यो । निर्माता जेडी मजेठियाले वैभवीको मृत्युको खबर सामाजिक सञ्जालमा सेयर गर्नुभएको छ । ‘जीवन धेरै अप्रत्याशित छ ।

साराभाइ भर्सेज साराभाइबाट ‘जस्मिन’ भनेर चिनिने वैभवी उपाध्याय, एक अद्भूत अभिनेत्री र प्रिय साथीको उत्तर (भारत) मा सडक दुर्घटनामा मृत्यु भयो’, उहाँले एक इन्स्टाग्राम स्टोरीमा लेख्नुभएको छ ।

ADVERTISEMENT

सडक दुर्घटनाको कारण भने खुल्न सकेको छैन । वैभवीले सन् २०२० मा दीपिका पादुकोणसँग चलचित्र ‘छपाक’मा पनि काम गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *