प्रधानमन्त्रीलाई भ्रष्टाचारविरुद्ध भोजपुरका दुई संस्थाको ज्ञापनपत्र

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भोजपुर जिल्लामा क्रियाशिल दुई संस्थाले भ्रष्टाचारमा संलग्नहरुलाई कारवाही गर्न माग गर्दे ज्ञापन पत्र पठाएको छन् ।

जिल्ला प्रशासन कार्यालय भोजपुरमा पुगेर न्यायशील असल शासन क्लब र गैरसरकारी संस्था महासंघले प्रशासकीय अधिकृत राजु शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

देशमा भ्रष्टाचारको संस्थागत विकास भईरहेको अवस्थामा बिगतमा भएका कैयौं भ्रष्टाचारका काण्डहरुमा संलग्नलाई समेत कुनै पनि कारवाही नगरी गुपचुप राख्ने काम भएकाले आफुहरुले त्यस्तो कार्य हुन नदिनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको न्यायशील असल शासन क्लब भोजपुरका उपाध्यक्ष घमचन्द्र दाहालले बताउनुभयो ।

दाहालले भन्नुभयो, “अहिले देशको छबिलाई नैं धुमिल गराउने गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरीका पठाउनका लागि भएको राज्यशक्तिको दुरुपयोगले बिश्वमा नै बदनाम हुने स्थिती सृजना भएको छ, यसमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउनु पर्छ ।” यो हामी नागरिकको माग हो ।

ADVERTISEMENT

भ्रष्टाचार हुने देशको सुचीबाट पनि नेपाल एक सय १० औ नम्वरमा रहेको अवस्थामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई बाहिरी मुलुक पठाउने कार्यमा गृह सचिव, पूर्ब गृहमन्त्री, पूर्ब उपप्रधानमन्त्री लगायतका माथिल्लो प्रोफायल भएका व्यक्तिहरुको संलग्नता देखिएकाले ठुलो अपराध भएकाले बिगतमा जस्तो राजनीतिक संरक्षणमा उन्मुक्ति दिने कार्य यस पटक हुन नहुने गैर सरकारी संस्था महासंघ भोजपुरका अध्यक्ष गणेश प्रधानले बताउनु भयो ।

उहाँले भन्नुभयो, “हामीले यीनै कुराहरुलाई ध्यानाकर्षण गराउन नागरिकको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हौ ।”
दुवै संस्थाले प्रधामन्त्रीलाई पठाएको ज्ञापन पत्रमा भष्ट्रचार बिरुद्ध प्रभावकारी कदम चाल्न, सुचना प्रभाव र काममा पारदर्शी कायम गर्न, कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिकाहरुमा हुने ब्याप्त भष्ट्रचारको नियन्त्रण गर्न, अख्तियार आयोगको संस्थागत बिकास गर्न, भष्ट्रचार बिरुद्ध शुन्य सहनशीलताको रणनीति अवलम्वन गर्न र राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकारलाई प्रभावकारी बनाउन माग गरिएको छ ।

नेपाल सरकारको सुशासन कार्ययोजना, भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी कार्यान्वयनमा पनि आफुहरुले ज्ञापन पत्र मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको न्यायशील अशल शासन क्लवका अध्यक्ष सम्झना प्रधालने बताउनु भयो ।

सो क्रममा प्रशासकीय अधिकृत शर्माले सम्वन्धित मन्त्रालय मार्फत दुवै संस्थाले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई पठाइने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. यो गठबन्धन भनेको मिलिमिली भस्टचार गर्ने हरुको सस्था रछ अब गठबन्धन नै हटाउने होकी? तै चुप मै चुप क्या गजब उफ!

रिलेटेड न्युज

छुटाउनुभयो कि ?