‘त्रयम्’ मञ्चन हुँदै

Read Time = 2 mins

काठमाडौं । नाटक ‘त्रयम्’ मञ्चन हुनेभएको छ । दीलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक आउँदो १२ गतेदेखि त्रिपुरेश्वरस्थित कौशी थिएटरमा मञ्चन हुनेभएको हो ।

नाटक थिएटर भिलेजले निर्माण गरेको हो । थिएटर भिलेजले हालसालै ‘पल्पसा क्याफे’ र ‘दि कन्फेसन’ जस्ता नाटक निर्माण गरेको थियो । निर्देशक रानाभाटले नाटक एक वर्ष पहिला किङ्स कलेजमा पढाउने सिलसिलामा तयार गरेको बताउनुभएको छ ।

ADVERTISEMENT

‘यो विषय लामो समयदेखि बोकिरहेको थिए । एक वर्ष पहिला किङ्स कलेजमा थिएटर पढाउँदा यसलाई थोरै विकास गरेको थिए । तर, त्यो दर्शकसम्म पुगेको थिएन । यसपल्ट मौका जुर्दै छ’, उहाँको भनाइ छ, ‘यहाँ उठिरहेका विषय मेरो नजिकका धेरै महिलाहरूले भोगेका विषय हुन् । कतिले मलाई सुनाएका छन् । कतिले नभनी पनि मैले बुझेको छु । यो नाटकले तपाईंहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ ।’

तीन नारी पात्रको वरिपरि घुम्ने नाटकमा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरूलाई श्रवण रानामगर र नाथन रायन भण्डारीले साथ दिनुहुने छ । नाटक १२ गतेबाट सुरु भएर २८ गतेसम्म चल्नेछ । रानाभाटकै परिकल्पनामा तयार भइरहेको नाटक निर्माणमा पर्दापछाडि रहेर आयुष्मा खरेलले सघाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?