काठमाडौं । सेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि विभिन्न चारबुँदे सुझाव दिएका छन् । सेयर लगानीकर्ताका तीनवटा संघ नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघले बिहीबार संयुक्तरूपमा चारबुँदे सुझाव पेश गरेका हुन् । सुझाव पेश गर्दै संघहरूले खस्कँदो अवस्थामा रहेको पुँजी बजार पुनरुत्थानका लागि आग्रह गरेका छन् ।
१२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकाले सो व्यवस्था खारेज हुनुपर्ने, आव २०७९/०८० को असार १ देखि सेयर कर्जामा लगाइएको एक सय ५० प्रतिशतको जोखिम भारित औसतलाई शतप्रतिशत नै कायम गर्नुपर्ने, विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित भएकाले ब्याजदरमा पुनरवलोकन गरी एकल अंकमा कायम गर्नुपर्ने, तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना हुन गएकाले समस्याको तत्काल समाधानको व्यवस्था गर्नुपर्ने सुझाव पत्रमा उल्लेख छ ।
उक्त सुझाव पत्रमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुलेल र नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts