दोस्रो चरणका लागि जुडोका १६ खेलाडी छनोट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । चीनमा आयोजना हुने १९औँ एसियाडका लागि नेपालको जुडो टोलीको दोस्रो चरणको छनोट भएको छ । नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आटर््स केन्द्रमा भएको प्रतियोगिताबाट महिला र पुरुषतर्फ समान चार-चार तौल समूह गरी कुल १६ खेलाडी छनोट भएका हुन् ।

पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक र कर्णाली प्रदेशका प्रवीणकुमार दियाली तथा ६६ केजीमुनि नेपाल पुलिसका इन्द्रबहादुर श्रेष्ठ र नेपाल आर्मीका किरण भट्टराई दोस्रो चरणका लागि छनोट हुनुभयो । पुरुषकै ८१ केजीमुनि नेपाल पुलिसका मधु रोक्का मगर र आर्मीका जंगबहादुर सारु तथा सय केजीमाथि तौल समूहमा नेपाल पुलिसका राजन जोशी र आर्मीका रन्जेश गोले छनोट हुनुभयो ।

ADVERTISEMENT

महिलातर्फ ५२ केजी तौल समूहमा बागमतीकी देवकीमाया श्रेष्ठ र आर्मीकी रोश्ना दंगाल तथा ५७ केजीमुनि पुलिसकी मनिता श्रेष्ठ प्रधान र आर्मीकी सीमाकुमारी चिडी छनोट हुनुभएको छ । महिलाकै ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ र बागमतीकी रञ्जना खड्का तथा ७८ केजीमाथि आर्मीकी आकृति जोशी र पुलिसकी पूजा राजवंशी दोस्रो चरणका लागि छनोट हुनुभयो । एसियाड १९औँ एसियाड चीनको हान्जाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?