काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर र निर्देशक आकाश अधिकारीलाई भारतमा ‘दादासाहेब फाल्के फिल्म फाउण्डेशन अवार्ड २०२३’ प्रदान गरिएको छ । करिश्मा र आकाशलाई आइतबार मुम्बईमा आयोजित एक समारोहबीच अवार्ड प्रदान गरिएको हो ।
अवार्ड प्राप्त गरेपछि सामाजिक सञ्जालमा तस्वीर साझा गर्दै करिश्माले लेख्नुभएको छ, ‘कला एक विश्वव्यापी भाषा हो, यसको माध्यमबाट प्रत्येक राष्ट्रले मानवजातिको संस्कृतिमा आ-आफ्नो अद्वितीय योगदान दिन्छ, यसको कुनै सीमा छैन ।
यसले सबै बाधाहरू पार गर्दै मानिसहरूको जीवनलाई समृद्ध बनाउन पुग्छ । हाम्रो नेपाली चलचित्र उद्योगको यो सम्मानजनक पहिचानका लागि दादासाहेब फाल्के फिल्म फाउण्डेशनलाई धन्यवाद ।’






