काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा नेपालको विजयी सुरुवात

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप २०२३ सोमबारबाट सुरु भएको छ । च्याम्पियनसिपको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले च्याम्पियनसिप सुरु भएको घोषणा गर्दै उद्घाटन गर्नुभयो ।

च्याम्पियनसिपको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले २०७४ साल जेठ ८ (२२ मे २०१७) मा आफ्नै पालामा राष्ट्रिय खेलका रूपमा भलिबल चयन गरिएकोमा सोही दिन पारेर सेन्ट्रल एसियन प्रतियोगिता नेपालमा आयोजना हुनुले आफूलाई निकै नै खुसी दिलाएको बताउनुभयो । उहाँले भलिबलको विकासमा आफू सदा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सोही क्रममा प्रधानमन्त्री दाहालले केक काटेर राष्ट्रिय खेल भलिबलको जन्म दिवस मनाउनुभएको थियो । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले नेपालले यस प्रतियोगिता ल्याउने क्रममा विदेशी संस्थाले नेपालमा वातानुकूलित कभर्डहल भए, नभएको बारे जानकारी लिएको भन्दै राष्ट्रिय खेल भलिबल घोषणा गर्ने सरकारका प्रधानमन्त्री अहिले पनि प्रधानमन्त्री नै भएको अवस्थामा वातानुकूलित एक कभर्डहल बनाउने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा खेलाडीका तर्फबाट नेपाली भलिबल टिमकी कप्तान अरुणा शाही र निर्णायकहरूका तर्फबाट अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले अन्तर्राष्ट्रिय नियमानुसार खेल्ने र खेलाउने शपथ खानुभएको थियो ।

ADVERTISEMENT

प्रमुख अतिथि प्रधानमन्त्री दाहालले सहभागी विदेशी टिम र सहयोगीहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

किर्गिस्तानविरुद्ध नेपालको सहज जित
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सहज जित हात पारेको छ । उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई २५-११, २५-१९, २१-११ को सहज जित हात पार्दै महत्वपूर्ण तीन अंक जोडेको छ ।

यस्तै, सोमबार भएको समूह ‘ए’ को पहिलो खेलमा च्याम्पियनसिपको बलियो टिम मानिएको भारतले पनि जित निकाल्दै तीन अंक जोडेको छ । भारतले बंगलादेशमाथि तीन-शून्यको सहज जित निकालेको हो । भारतले बंगलादेशमाथि २५-३, २५-९, २५-६ को सहज जित हात पारेको हो ।

समूह ‘बी’ को पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकामाथि ३-० को जित निकाल्यो । पहिलो सेटमा २७-२५ को जित निकालेको उज्वेकिस्तानले दोस्रो सेटमा २५-२० र तेस्रो सेटमा २५-१४ ले श्रीलंकालाई पराजित गर्दै तीन अंक जोडेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *