विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टोली घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । आगामी महिना जिम्बाबेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघले २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनाश बोहोरा रहनुभएको छ ।

मंगलबारबाट नेपालको बन्द प्रशिक्षण सुरु हुने क्यानले जनाएको छ । टोली नेपालमा एक हप्ताको बन्द प्रशिक्षणपछि अन्तिम तयारीका लागि दक्षिण अफ्रिका जानेछ ।

नेपालले एक हप्ताको तयारीपछि अन्तिम टोली घोषणा गर्नेछ । नेपालले दक्षिण अफ्रिकामा नेदरल्याण्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै प्रतियोगिताको अन्तिम तयारी गर्दैछ ।

ADVERTISEMENT

१० टोली सहभागी विश्वकप छनोट आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बाबेमा हुनेछ । नेपाल मे महिनाको अन्तिममा जिम्बाबे जानेछ । विश्वकप छनोटमा नेपाल, स्कटल्याण्ड, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइण्डिज, जिम्बाबे, आयरल्याण्ड र नेदरल्याण्ड्स छन् ।

यी १० टोलीलाई आइसिसीले दुई समूहमा विभाजन गर्नेछ । हरेक समूहमा पाँच टोली हुनेछन् । हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा हरेक टोलीले एकअर्कासँग खेल्नेछन् । जसबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले नै भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?