किशोरीलाई अनैतिक यौनधन्दामा लगाउने एक युवक पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काभ्रे । काभ्रेबाट किशोरीलाई यौनधन्दामा लगाउने युवक पक्राउ परेका छन् । जिल्लाको रोशी गाउँपालिका ६ घर भई हाल बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका २९ वर्षीय राधाकृष्ण मैनाली पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बनेपाका अनुसार बनेपा–८ मा रहेको लामा क्याफेमा अनैतिक क्रियाकलाप भइरहेको गोप्य सूचनाको आधारमा उनलाई जेष्ठ ५ गते साँझ पक्राउ गरिएको हो ।

ADVERTISEMENT

उक्त होटलमा तीन जना किशोरीहरूलाई यौनधन्दामा लगाइएको जानकारी प्राप्त भएपश्चात अनुगमनमा जाँदा अनैतिक क्रियाकलाप गर्दै गरेको भेटिएपछि त्यहाँका किशोरीहरूलाई उद्धार गरिएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट सात दिने म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?